![](https://sajhamanch.com/wp-content/uploads/2024/06/Netra-pathak.jpg)
बिर्तामोड । झापाका अग्रज पत्रकार नेत्र पाठकको आज बिहान निधन भएको छ । २००९ असोजमा जन्मिएका ७२ वर्षीय पाठकको आज बिहान ९:३० बजे आफ्नै निवासमा निधन भएको हो ।
पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष हुन् । पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै उनी नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिकामा रहेका थिए ।
बिर्तामोड-४ मेथीबारी टोलमा बस्दै आएका पाठकका पत्नी सीता पाठक, छोरी एलिना, छोरा विज्ञान, बुहारी हिमा र एक नाति रहेका छन् । पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै आएका थिए ।