![](https://sajhamanch.com/wp-content/uploads/2024/06/india-5.jpg)
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा अमेरिकालाई ७ विकेटले हराएर भारतले लगातार तेस्रो खेल जितेको हो ।
यसअघि भारतले पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको थियो । हिजोको खेलमा अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा भेट्टायो ।
भारतका लागि सूर्यकुमार यादवले अविजित ५० रन बनाए । अमेरिकाका सौरभ नेत्रभल्करले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो । उसका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए । भारतका अर्शदीप सिंहले ४ विकेट लिए ।
समूह ए मा ३ खेलबाट ६ अङ्क बटुल्दै भारत सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अङ्कसहित दोस्रो स्थानमा छ ।