२०८१ माघ २५, शुक्रवार , ०८:५६:५० बजे

Sajhamanch
'

१७ वर्षपछि दोस्रो मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुधवार, जेठ ३०, २०८१

झापा । आगामी असोज १९ गते झापाको बिर्तामोडमा दोस्रो मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । फस्र्ट स्टेप फिटनेसले आयोजना गर्न लागेको सो जिल्लास्तरीय प्रतियोगिताबारे पत्रकार सम्मेलनमार्फत आज जानकारी दिइएको हो ।

मिस्टर झापा प्रतियोगिता २०६४ मा सम्पन्न भएको थियो । सो प्रतियोगितामा बिर्तामोडका सुवास मेचे च्याम्पियन बनेका थिए । आज उनकै अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा झापामा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाइयो ।

अध्यक्ष मेचेका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार, दोस्रोले नगद एक लाख एक हजार, तेस्रोले नगद ७६ हजार, चौथोले नगद ५१ हजार र पाँचौँले नगद ३६ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिता ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथिको विधामा हुनेछ । प्रत्येक विधाका प्रथमले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले दुई हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था मिलाइएको प्रतियोगिताका सचिव माधव झाले जानकारी दिए ।

त्यस्तै, व्यक्तिगततर्फ बेस्ट मस्कुलर र बेस्ट फिजिक्स तर्फका विजेताले नगद पाँच हजार रुपैयाँ पाउने छन् भने प्रत्येक विधाबाट एक एकजना च्याम्पियनसिपका लागि छनोट हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव झाले बताए ।

https://fb.watch/sFcfyByY-9/