![](https://sajhamanch.com/wp-content/uploads/2024/05/death-1.png)
गुल्मी । अर्घाखाँची र गुल्मीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ खाँची बस्ने २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए ।
अर्घाखाँची जिल्ला क्षत्रदेव गाउँपालिका-७ देउराली स्थित देउराली तम्घास भित्री सडकखण्डमा सोमबार राति पौने १० बजे टिपर दुर्घटनामा भएको हो ।
दुर्घटनामा छत्रदेव-७ का ३३ वर्षीय रिसभ केसी र शीतगंगा नगरपालिका-२ का २९ वर्षीय नवीन घिमिरे घाइते भएका छन् ।
घाइते भएका दुई जनालाई गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ ।