२०८१ फागुन ११, आइतवार , १२:४६:५६ बजे

Sajhamanch
'

चक्कु प्रहार गरी तीन सातादेखि बिर्तामोडबाट फरार धिमाल प्रहरीको फन्दामा

मङ्गलवार, जेठ २९, २०८१

झापा । करिव तीन साताअघि बिर्तामोडमा एक बृद्धलाई चक्कु प्रहार गरी फरार रहेका बरुण धिमाल आइतबार पक्राउ परेका छन् ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ पुलचौकबाट निज धिमाललाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गरी फरार रहेका धिमाललाई खोजतलास गर्ने क्रममा आइतबार प्रहरीले फेला पारेको जनाइएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ घर भई बिर्तामोड नगरपालिका वडा न. ३ स्थित विनिता ढकालको घरमा डेरा गरी बस्ने २८ वर्षीय धिमालले जेठ ६ गते राति ८ः३० बजेको समयमा सुनसरी साबिक इटहरी नगरपालिका वडा नं. ८ घर भई बिनिता ढकालको घरमै डेरा गरी बस्ने अन्दाजी वर्ष ७० का काशीनाथ गौतमलाई पेट र शरीरको विभिन्न भागमा तरकारी काट्ने चक्कुले प्रहार गरी घाईते बनाएर फरार भएको प्रहरीको भनाई छ ।

धिमाललाई झापा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर