२०८१ साउन ११, शुक्रवार , १०:५७:५० बजे

Sajhamanch
'

जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि

सोमवार, जेठ २८, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि धनुषाको जनकपुरधाममा शुरु हुँदैछ ।

जनकपुरधामको तिरहुतिया गाछीमा शुरु हुने महाधिवेशनको दिउँसो १ बजे अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताको सहभागिता रहनेछ । पर्सिसम्म चल्ने महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जसपा नेपालले जानएको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने निश्चित छ । अध्यक्षबाहेक एक सह–अध्यक्ष, पाँच उपाध्यक्ष, दुई महासचिव, तीन उपमहासचिव, सात सचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । यस्तै दुई सय एक केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुनेछन् ।

सम्बन्धित खबर