२०८१ माघ २६, शनिवार , ०१:४८:५९ बजे

Sajhamanch
'

टी–२० विश्वकपमा स्कटल्याण्डसँग ओमान पराजित

सोमवार, जेठ २८, २०८१

काठमाडौं । आईसीसी टी –२० विश्वकपमा स्कटल्याण्डले ओमानलाई ७ विकेटले हराएको छ । नर्थ साउण्डमा गएराति भएको खेलमा स्कटल्याण्डले ओमानलाई ४१ बल बाँकी छँदै हराएको हो ।

ओमानले दिएको १५१ रनको लक्ष्य स्कटल्याण्डले १३ ओभर एक बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले व्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो ।

टी–२० विश्वकपमा आज दक्षिण अफ्रिका र बङ्ग्लादेश खेल्दैछन् । न्युयोर्कमा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।

सम्बन्धित खबर