२०८१ मंसिर १३, बिहिवार , ०६:१४:४८ बजे

Sajhamanch
'

प्रधानमन्त्री दाहाल पुगे नयाँ दिल्ली

आइतवार, जेठ २७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्ली पुगेका छन् ।

आइतवार अपराह्न प्रधानमन्त्री दाहाल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली गएका हुन् ।

प्रधानमन्त्री दाहाललाई विमानस्थलमा विदेश मन्त्रालयका अधिकारी पी कुमारनले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालसँगै कानून मन्त्री पदम गिरी र दाहालकी छोरीसमेत रहेकी गंगा दाहाल पनि नयाँ दिल्ली पुगेकी छन् ।

भारतमा भाजपा सांसद मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन् ।

सम्बन्धित खबर