![](https://sajhamanch.com/wp-content/uploads/2024/06/website.jpeg)
काठमाडौं । देशका धेरैजसो पालिकाको वेबसाइट ‘डाउन’ भएको छ । विशेष गरेर काठमाण्डौ उपत्यकाबाहिरका धेरैजसो पालिकाको वेबसाइट नखुलेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समस्या थाहा नभएको जनाएको छ । सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी, उपसचिव अश्विनकुमार पोखरेलले समस्याबारे भर्खरै थाहा पाएको र समाधानको पहल गर्ने उज्यालोलाई जानकारी दिए ।