२०८१ माघ १२, शनिवार , १०:४०:४८ बजे

Sajhamanch
'

काँकरभिट्टामा झोला बनाउने तालिम शुरु

आइतवार, जेठ २७, २०८१

मेचीनगर । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले काँकरभिट्टामा बिट लगाउने, व्याग र झोला बनाउने तालिम शुरु गरिएको छ ।

मेचीनगर नगरपालिका कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको सहकार्यमा शनिवारबाट शुरु सो तालिमको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख विश्व बरालले गरेका छन् ।

मेचीनगर आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटा, मेचीनगर कार्यपालिका सदस्य तिलजा देवान, मेची उद्योग वाणिज्य संघ उपाध्यक्ष निर्मला चौहान भण्डारी, उद्यम विकास सहजकर्ता अश्विनीकुमार भट्टराई, प्रशिक्षक सुष्मा राजवंशी लगायतको आतिथ्यता थियो ।

सहजकर्ता गंगा सोरेनले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई अश्विनीकुमार भट्टराईले शाब्दिक स्वागत गरेका थिए । उक्त तालिम १५ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

सम्बन्धित खबर