२०८१ पौष २६, शुक्रवार , ०६:४०:४५ बजे

Sajhamanch
'

८ औँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा सञ्चालित ८ औँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रवार आयोजित समारोहकाबीच सो कार्यक्रम समापन गरेका हुन् ।

प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा.कुशुम शाक्यले कोर्षमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक श्याम रावतलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’, सशस्त्र प्रहरी नायव उपरीक्षक मदन ढुंगानालाई ‘बेस्ट रिसर्च अवार्ड’ र सशस्त्र प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङलाई ‘बेस्ट एकेडेमीक अवार्ड’ प्रदान गरेका थिए ।

महानिरीक्षक अर्यालले यस किसिमको शैक्षिक एवं व्यावसायिक ज्ञानले संगठनमा आबद्ध अधिकृतहरूको व्यावसायिक दक्षता अभिवृद्धि हुनुका साथै विद्यमान तथा नवीनतम सुरक्षा चुनौतीहरूलाई परास्त गर्न सक्ने योग्य कमाण्डर निर्माणमा समेत अहम भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले सुरक्षा चुनौतीहरूलाई सहज ढंगले परास्त गर्न शैक्षिक एवं व्यावसायिक ज्ञानको उच्चतम प्रयोग गर्दै देश र संगठनको हितमा कार्य गर्न तथा अधिकृतहरूको क्षमता अभिवृद्धि गराउन कोर्ष फलदायी रहने विश्वास व्यक्त गरे ।

६० हप्ता अवधिको सो कोर्षमा सशस्त्र प्रहरी उपरीक्षक ९ र सशस्त्र प्रहरी नायव उपरीक्षक ५ गरी १४ जना अधिकृतहरू सहभागी थिए ।

सम्बन्धित खबर