२०८१ माघ २६, शनिवार , ०९:१७:०३ बजे

Sajhamanch
'

इलाममा साथीलाई बचाउन खोज्दा एक किशोरीको डुबेर मृत्यु

शुक्रवार, जेठ २५, २०८१

इलाम । इलामको चुलाचुली गाउँपालिका-४ स्थित ऐना पोखरीमा डुबेर स्थानीय १८ बर्षीया विनीता जोगीको मृत्यु भएको छ ।

बिहीबार अपराह्न स्थानीय मन बहादुर जोगीकी छोरी १८ बर्षीया विनीता जोगी, विष्णु लिम्बुको छोरी १८ कि रोजिना साम्बा लिम्बु र उनकै बहिनी १७ कि रोशा साम्बा लिम्बु ऐना पोखरीको डिलमा बसेर पोखरीको पानी खेलाउँदै गरेको अवस्थामा रोजिना पोखरीको डिलबाट चिप्लिएर पोखरीमा खसेकी थिइन् ।

उनलाई हातमा समाती निकाल्ने क्रममा विनीता एक्कासि हुत्तिएर पोखरीमा पसेको र उनको डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित खबर