२०८१ माघ ४, शुक्रवार , ०३:५८:५० बजे

Sajhamanch
'

कंगना रनौतलाई एयरपोर्टमा महिला सुरक्षाकर्मीले हानिन् थप्पड, भएको के हो ?

शुक्रवार, जेठ २५, २०८१

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी)बाट नवनिर्वाचित लोकसभा सांसद कंगना रनौतमाथि चण्डीगढ विमानस्थलको सुरक्षार्थ खटिएकी सीआईएसएफ महिला जवानले थप्पड हानेकी छन् ।चुनाव जितेपछि कंगना दिल्ली जाँदै थिइन् । सामाजिक संजालमा सेयर गरिएका भिडियोमा ती महिला सुरक्षाकर्मीले एयरपोर्टको सुरक्षा घेराभित्रै कंगनालाई थप्पड हानेको देखिन्छ । त्यसपछि कंगनालाई सुरक्षा दिएर लगिएको छ ।

स्रोतका अनुसार कंगना शहीद भगत सिंह इन्टरनेशनल एयरपोर्टबाट चण्डीगढबाट दिल्लीको लागि चेक इन गरिरहेकी थिइन्, त्यहाँ सीआईएसएफमा तैनाथ महिला सुरक्षाकर्मीले उनलाई सोधिन्-‘तपाईंले बिजेपीबाट जित्नुभएको छ । तपाईको पार्टीले किन किसानका लागि केही गर्दैन रु’कंगनाले हालैका दिनमा किसान आन्दोलनबारे दिएका अभिव्यक्तिलाई लिएर ती महिला सुरक्षाकर्मी आक्रोशित भएको जनाइएको छ । यो घटनाबारे कंगनाले भिडियो सन्देश जारी गर्दै आफू सुरक्षित रहेको बताएकी छन् ।

‘मलाई मिडिया र मेरा शुभचिन्तकबाट धेरै कल आइरहेको छ । सबैभन्दा पहिले, म तपाईलाई भन्न चाहन्छु कि म सुरक्षित छु । आज चण्डीगढ विमानस्थलमा दुर्घटना भएको हो । सुरक्षा जाँचको क्रममा म निस्किने बित्तिकै अर्को कोठाबाट एक महिला सुरक्षा गार्ड बाहिर निस्किइन् र छेउबाट आएर मेरो मुखमा हानेर गाली गर्न थालिन् ।’उनले अघि भनिन्- ‘मैले किन यस्तो गरिरहेकी भनी सोध्दा उनले आफू किसान आन्दोलनको समर्थक भएको बताइन् । म सुरक्षित छु र मेरो प्रश्न यो हो कि हामी पञ्जाबमा बढ्दै गएको आतंकवाद र अतिवादसँग कसरी लड्नेछौं ।’ थप्पड हानेको घटनापछि सीआईएसएफ महिला सिपाहीको भिडियो भाइरल भइरहेको छ ।

घटनापछि कंगनाले रनौतले यस विषयमा प्रहरीमा उजुरी गरेपछि कार्वाही गर्दै ती महिला सिपाही कुलविन्दर कौरलाई निलम्बन गरिएको जनाइएको छ ।लोकसभा चुनावमा भाजपाकी उम्मेदवार तथा बलिउड क्वीन रनौत हिमाचल प्रदेशको मंडी सिटमा विजयी भएकी हुन् ।एजेन्सी

सम्बन्धित खबर