२०८१ पौष २६, शुक्रवार , ०४:१५:५८ बजे

Sajhamanch
'

मेचीनगर–९ का ५० बढी महिलाले लिन थाले आत्मरक्षा तालिम

बिहिवार, जेठ २४, २०८१

मेचीनगर । मेचीनगर–९ स्थित उपभोक्ता महिला कृषि सहकारी संस्थाले आत्मरक्षासम्बन्धी दुई दिवशीय तालिम शुरु गरेको छ ।
मेचीनगर–९ स्थित कविशिरोमणि माविको सभाहलमा बिहीवारबाट शुरु सो तालिमको उद्घाटन मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले गरेकी छन् ।

उक्त नगरपालिकाको सहयोगमा जारी तालिम उद्घाटन कार्यक्रममा मेचीनगर–९ का वडसदस्य धनकुमार श्रेष्ठ, सुष्मा कार्की डोली लगायतको आतिथ्यता थियो ।

आयोजक संस्थाकी अध्यक्ष संगीता थापाको अध्यक्षतामा भएको कार्यक्रममा शाब्दिक स्वागत ऋण लगानी समिति संयोजक गोमा भण्डारी र सञ्चालन सचिव चन्द्रकला खवासले गरेकी थिइन् ।

शुक्रवार समापन हुने प्रशिक्षणमा महिलाहरुलाई आत्मरक्षा, स्वास्थ्य, बालबालिकालाई व्याड टच र गुड टच विषयबारे सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराउन थालिएको बताइएको छ ।

मेचीनगर–९ का ५० जनाबढी महिलाहरु सहभागी तालिमको सहजीकरण प्रशिक्षकद्वय अर्जुन लम्साल र साइकिरण लम्सालले गरिरहेका छन् ।

त्यसक्रममा महिलाले आफ्नो रक्षा गर्ने तरिका, आफ्ना बालबालिकालाई सिकाउनुपर्ने संस्कार, खानपान लगायत विषयबारे छलफल भएको जनाइएको छ ।

सम्बन्धित खबर