![](https://sajhamanch.com/wp-content/uploads/2024/06/river.jpg)
धनगढी । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।
बुधबार साँझ करिब पौने ५ बजेको समयमा मोहन्याल गाउँपालिका-४ स्थित कर्णाली नदीमा नुहाउने क्रममा ४१ वर्षीय धनबहादुर पुन डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्युठानको स्वर्गद्वारी नगरपालिका-१ जिमरी घर भएका पुन मोहन्याल सामुदायिक वनमा खोटो निकाल्ने काम गर्दै आएका थिए ।
बुधबार उनी कर्णाली नदीमा नुहाउने पुगेका थिए तर नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।अहिले इलाका प्रहरी कार्यालय पण्डौनको टोलीले उनको खोजी जारी राखेको छ ।