२०८१ माघ २८, सोमवार , ०६:३२:३३ बजे

Sajhamanch
'

कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर किशोरीको मृत्यु

बिहिवार, जेठ २४, २०८१

धनगढी । कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीले ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति करिब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा ढलेको थियो । गर्धनमा हाँगाले लागेर च्यापिएकी बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिममा हावाहुरीसँगै सामान्य वर्षा भएको थियो ।