२०८१ असोज ३, बिहिवार , ११:०५:५२ बजे

Sajhamanch
'

फिल्म निर्देशक सुदर्शन थापा रिहा

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । फिल्म ‘प्रसाद २’ को आर्थिक लेनदेनबारेको मुद्दामा पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापा हिरासतबाट रिहा भएका छन् ।उनलाई बुधबार काठमाडौं जिल्ला अदालतले जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।निर्देशक थापा सोमबार दिउँसो आफ्नो फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु गर्न लागेको बेला सेटबाटै पक्राउ परेका थिए । पक्राउपछि उनलाई बौद्ध प्रहरी वृत्तमा राखिएको थियो ।

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । थापा प्रसाद २ का निर्देशक पनि हुन् ।

सम्बन्धित खबर