२०८१ असोज ४, शुक्रवार , १२:३३:४३ बजे

Sajhamanch
'

दशैंमा ‘हेभिवेट’ फिल्मको भिडन्त

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । असोज महिना घरेलु फिल्मका लागि व्यस्त महिना हुने भएको छ । दशैंलाई लक्षित गर्दै उक्त महिनामा ‘हेभिवेट’ फिल्म रिलिज तयारीमा छन् ।अहिलेसम्म सात फिल्मले उक्त महिनामा प्रदर्शन मिति घोषणा गरेका छन् । जसअनुसार असोज ३ गते ‘ह्रस्वदीर्घ’, ‘खुस्मा’ र ‘आउट ल’ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।असोजको दोस्रो सातामा कुनैपनि फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन् । असोज १७ गते घटस्थापनाका दिन अर्जुन कुमारको ‘सानो संसार’ले रिलिज मिति घोषणा गरेको छ ।असोज २४ गते फूलपातीको दिनमा ‘छक्कापञ्जा ५’ ले प्रदर्शन घोषणा गरेको छ । दशैं मात्र भनेर स्वस्तिमा खड्काको ‘बेहुली फ्रम मेघौली’ले मिति घोषणा गरेको छ तर दशैंको कुन मितिमा आउने उल्लेख छैन ।

सन्तोष सेनको ‘बलिदान’ले पनि उक्त मितिमा आउने घोषणा सुरुमै गरेको हो । तर दशैंको कुन मितिमा आउने उल्लेख छैन । छायांकन सुरु भइनसकेकाले यो फिल्म निर्धारित मितिमा नआउन पनि सक्छ । यसबारे निर्देशक सेनले केही उल्लेख गरेका छैनन् ।सेप्टेम्बर १७ देखि अक्टोबर १६ सम्म असोज महिना हुने भएकाले उक्त मितिमा केही चर्चित विदेशी फिल्म आउनेछन् । जसले प्रदर्शन क्यालेन्डर थप पेचिलो बन्नसक्छ ।फूलपातीकै दिनमा जुनियर एनटीआर स्टारर दक्षिण भारतीय फिल्म ‘देवारा स् पार्ट वन’ आउनेछ । असोज महिनाभित्र बलिउडको ‘भुलभुलैया ३’, ‘सिंघम ३’ र हलिउडको ‘भेनम’ आउने सम्भावना पनि छ ।