२०८१ माघ २८, सोमवार , ०९:१३:५४ बजे

Sajhamanch
'

तीनकुनेमा एक गोदाममा आगलागी, २ जना घाइते

बुधवार, जेठ २३, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ तीनकुनेमा रहेको एक गोदाममा आगलागी भएको छ ।

आज बिहान ११ः३० बजे तीनकुनेमा रहेको पाँच तले घरको अन्डर ग्राउन्डमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । दिलीपकुमार साहले सञ्चालन गरेको ग्रुप अन ट्रेडिङ डिलरमा आगलागी भएको हो ।

आगलागीमा परि धनुषा घर भई कालिमाटी बस्ने बिक्कर लामा र भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ का उदय श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । आगलागीको कारण र थप क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

सम्बन्धित खबर