![](https://sajhamanch.com/wp-content/uploads/2024/05/accident-7.jpg)
जनकपुरधाम । सर्लाहीमा भएका छुट्टा-छुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार राति ११ः३० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका-१० सुखेपोखरी नजिक पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना६ख ४९८९ नम्बरको ट्रकले विपरीत दिसाबाट आउँदै गरेको ना ख ६४ प ६०२५ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा बागमती नगरपालिका-२ डुमरिया बस्ने २० वर्षीय दिपशरण चालिसेको मृत्यु भएको छ ।
मोटरसाइकल चालक चालिसेको दुर्घनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सार्लहीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकचालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ ।
यस्तै मंगलबार दिउँसो साढे ३ बजेतिर पूर्वपश्चिम राजमार्गकै बागमती नगरपालिका-१ मिलनचोकमा पश्चिमतर्फ जाँदै गरेको बा९१प ९३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा केल्हबी नगरपालिका-१ का ६५ वर्षीय निलबहादुर प्रसाईंको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार भएका निलबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । उनका छोरा मोटरसाइकल चालक ३६ वर्षीय राजु प्रसाईं घाइते भएका छन् ।