२०८१ पौष २६, शुक्रवार , ०७:५०:१५ बजे

Sajhamanch
'

एमाले बिर्तामोडको पदस्थापन तथा शपथग्रहणः पार्टी एक ढिक्का बनाउने अध्यक्ष भट्टराईको प्रतिबद्धता

मङ्गलवार, जेठ २२, २०८१

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले शपथग्रहण गरेका छन् ।

बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा मंगलवार आयोजित शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा नयाँ नेतृत्वले शपथग्रहण गरेका हुन् ।

निर्वाचन समितिका संयोजक राजेन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष सुवास भट्टराई लगायत पदाधिकारी, सदस्यहरु र लेखा समिति सदस्यहरुलाई शपथग्रहण गराएका छन् ।

शपथग्रहणपछि नवनिर्वाचित अध्यक्ष भट्टराईले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पीरिड र जनताको बहुदलीय जनवादलाई मार्गनिर्देश मानेर बलियो एमाले बनाउने बताए ।

अध्यक्ष भट्टराईले मिसन–८४ मा वडादेखि संघसम्म एमाले नेतृत्वलाई विजयी गराउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । सबै निर्वाचनमा एमालेलाई विजयी गराउन पार्टी नेतृत्व र तल्लो तहसम्म एकता कायम गर्न आवश्यक रहेको उनको भनाई थियो ।

त्यसक्रममा अध्यक्ष भट्टराईले निर्वाचनले सबैलाई एक भएर पार्टी बलियो बनाउन म्याण्डेड दिएको प्रतिक्रिया दिए ।

शपथग्रहण कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गीता अधिकारी, जिल्ला अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, पवित्रा निरौला खरेल, हरिचरण शिवाकोटी, अध्यक्षका अर्का प्रत्यासी शेखर कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर