![](https://sajhamanch.com/wp-content/uploads/2024/06/t-20-3.jpg)
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकपका लागि अहिलेसम्मकै धेरै पुरस्कार रकम घोषणा गरेको हो । विश्वकपको उपविजेता टोलीले १२ लाख २८ हजार अमेरिकी डलर पाउनेछ ।
प्रतियोगितामा सहभागी सबै २० टोलीले रकम पाउनेछन् । सहभागी टोली हरेकले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् । त्यसअनुसार नेपालले पनि २ लाख २५ हजार डलर पाउनेछ । क्वार्टरफाइनल र सेमिफाइनल पुग्नेलाई पनि पुरस्कार घोषणा गरिएको छ ।
त्यस बाहेक अरु खेल जित्नेले जितेको प्रति खेल ३१ हजार एक सय ५४ अमेरिकी डलर पाउनेछन् । प्रतियोगिताको पुरस्कार वितरण फाइनल समारोह अर्थात् जुन २९ तारिख (असार १५) मा गरिनेछ । नवौँ संस्करणको टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेका छन् ।