२०८१ माघ २९, मङ्गलवार , ११:५४:४९ बजे

Sajhamanch
'

गुणस्तर विभागभित्र सरकारी गाडीमा आगलागी

सोमवार, जेठ २१, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकस्थित गुणस्तर विभागभित्र सरकारी गाडीमा आगलागी भएको छ ।

विभागभित्र पार्किङ गरी राखेको प्रदेश नम्बर ३–०१–००२ झ ५४४६ नम्बरको स्कार्पियो गाडीमा आइतबार राति आगालागी भएको हो । आगलागीबाट गाडीको अगाडिको भाग जलेर क्षति भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएपछि पाछाडिएको भाग भने क्षति हुने पाएको थिएन ।

आगलागीको कारण भने नखुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित खबर