२०८१ माघ २६, शनिवार , ०९:०७:४४ बजे

Sajhamanch
'

आईसीसी टी–२० विश्वकप क्रिकेट : नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य

सोमवार, जेठ २१, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमान नामिबियाका बलरसामु कमजोर देखिएको हो ।

खेलको पहिलो र दोस्रो बलमा लगातार विकेट गुमाएको ओमान १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०९ रनमा समेटिएको हो । ओमानका लागि खालिद कैलले सर्वाधिक ३४ रन बनाए ।

नामिबियाका रुबेन ट्रम्पेलमन एक्लैले ४ विकेट लिए । केहीबेरमा नामिबियाले जवाफी ब्याटिङ गर्नेछ । विश्वकपमा आजै राति सवा ८ बजे दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दैछन् ।

सम्बन्धित खबर