२०८१ पौष २६, शुक्रवार , ०७:३०:४५ बजे

Sajhamanch
'

नेता दाहालको प्रश्नः बजेटमा खोई झापाको औद्योगीकपार्क ?

आइतवार, जेठ २०, २०८१

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा झापामा निर्माण हुने औद्योगीकपार्कको विषय समेटेकोमा संसदमा प्रश्न उठाएका छन् ।

आइतवार राष्ट्रिय सभामा बजेटमाथि आफ्नो धारणा राख्दै नेता दाहालले झापामा निर्माणको प्रक्रिया अघि बढेको नेपाल–चीनमैत्री औद्योगीकपार्कको विषय किन नसमेटिएको भनेर प्रश्न गरेका हुन् ।

दमक नगरपालिका र कमल गाउँपालिकामा १२ सय बिगाह जमिन अधिग्रहण गरी निर्माणको क्रममा अघि बढेको सो औद्योगीकपार्क निर्माण कार्यको आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेमा समेत उनको जोड छ ।

राष्ट्रिय सभामा सत्तापक्षीय संसदीय दलका नेता समेत रहेका दाहालले कृषिक्षेत्रलाई प्राथमिकता दिएर ल्याएको बजेटले विभिन्न दूरगामी विषयहरुसमेत समेटेको उल्लेख गरे ।

५ लाख भूमिहीनलाई बसोबासको व्यवस्था मिलाउने जस्ता विषय जनमूखी र दीर्घकालीन महत्वका विषय भएको उनले बताए । तर, यी विषय कार्यान्वयनमा गम्भीर भएर लाग्नुपर्ने उनको भनाई थियो ।

आफ्नो सम्बोधनका क्रममा उनले अर्थमन्त्रीलाई केही प्रश्नसहित सुझाव पनि दिए । कृषि क्षेत्रलाई प्राथमिकता दिएको भनिएपनि सोही मन्त्रालयको बजेट कटौती मिल्दो नभएको उनको भनाई थियो ।

यस्तै, शिथिल अर्थतन्त्र उठाउने, राष्ट्रिय योजना आयोगको १६ औं पञ्चवर्षीय योजनाले प्राथमिकता दिएको विषय समेटिएका छन् कि छैनन् भनि दाहालले प्रश्न पनि गरे ।

सम्बन्धित खबर