![](https://sajhamanch.com/wp-content/uploads/2024/05/accident-13.jpg)
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । गए राति भएको सो दुर्घटनापछि अस्पताल पुर्याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको हो ।
बा ५६ प ५०६५ को स्कुटर चालक काठमाडौँ घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको किस्ट अस्पतालमा र बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल चालक खोटाङ साकेला घर भई लुभुमा बस्ने वर्ष २६ का लोकेश राईको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।