![](https://sajhamanch.com/wp-content/uploads/2024/05/Bhupjit.png)
काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्र सङ्घीय शान्ति सेनामा खटिनुभएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्र सङ्घको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गर्नुभएको पदक संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गर्नुभयो ।
त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवङ्गत हुनुभएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उहाँ शान्ति स्थापनामा खटिनुभएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गर्नुभयो । राईको गएको अक्टोवर १३ मा कङ्गोमा निधन भएको थियो ।