२०८१ पौष ९, मङ्गलवार , ०५:४१:३४ बजे

Sajhamanch
'

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका परिवारलाई पनि उपचार सुविधा

शुक्रवार, जेठ १८, २०८१

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक क्षेत्रमा रहेका तथा वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि अब औषधी उपचारको सुविधा पाउने भएका छन् । श्रीमान् वा श्रीमतीलाई मात्र दिने गरिएको सुविधा अबदेखि कोषले आबद्ध भएकाका छोराछोरीलाई समेत समेटेको हो ।

हिजो विराटनगरमा शुरु भएको श्रमाधान रोजगार मेलाको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोषको विस्तारित यो सुविधाबारे औपचारिक घोषणा गर्नुभएको हो । कोषले हिजैदेखि लागू हुने गरी अनौपचारिक तथा वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि औषधी उपचार सुविधा प्रदान गर्ने कार्यविधि संशोधन गरेको छ ।

यसअनुसार श्रमिकका श्रीमान, श्रीमती र १८ वर्षमुनिका छोराछोरीले वार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा लिन सक्नेछन् । यस्तै उपचार सुविधा पाउन योग्य समयावधिलाई पनि ९ महिनाबाट घटाएर ३ महिनामा झारिएको कोषले जनाएको छ ।

शुक्रवार, जेठ १८, २०८१ | परदेश (प्रवास), समाज

सम्बन्धित खबर