![](https://sajhamanch.com/wp-content/uploads/2024/05/nepal-3.jpg)
काठमाडौं । टी–२० विश्वकप क्रिकेछ अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ।स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो। टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो।
टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्डिङ गर्ने भएको थियो। तर वर्षा नरोकिएपछि खेल रद्द भयो।वार्म अपको पहिलो खेलमा नेपालल सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो।त्यस्तै अमेरिका र बंगलादेशबीच मंगलबार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो।