काठमाडौं । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि महिलाहरूलाई जिम्मेवारी, अधिकार र नेतृत्व दिने सवाल ओझेलमा परेको बताएकी छन् ।
बुधवार काठमाडौंमा आयोजित राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उनले समाजमा अझै सामन्ती अवशेष र पितृसत्ता हाबी भएकाले महिलाका सवालहरू ओझेलमा परेको बताएकी हुन् ।
उपाध्यक्ष शाक्यले समानुपातिक कोटा महिलाका लागि भएकाले प्रत्यक्षमा टिकट दिन सकिँदैन भन्ने सामन्ती र पितृसत्तात्मक चिन्तनका कारण महिलाहरू जनताका बीचमा नेतृत्वको पहिचान बनाउन चुनौती देखा परेको बताइन् ।