२०८१ फागुन ३, शनिवार , १२:३७:१८ बजे

Sajhamanch
'

आरोही कल्याणकारी कोष स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

बुधवार, जेठ १६, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमाल आरोहीहरूको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताउनुभएको छ ।

आज काठमाण्डौमा आयोजित ७१ औँ सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आरोहीहरूको भविष्यको सुरक्षा र खासगरी शेर्पा जातिको जीविकासँग सम्बन्धित विषयमा आरोही कल्याणकारी कोष महत्त्वपूर्ण हुने जिकिर गर्नुभयो । पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाउने तथा टाकुरा पर्वतीय गन्तव्यको पहिचान, प्रवर्द्धन कार्यक्रम आउँदो वर्षको बजेटमा राखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले हिमालमा हुने व्यवसायलाई व्यवस्थित गर्दै प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।

यस्तै प्रचण्डले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान पनि गर्नुभयो । सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

जलवायु परिवर्तनको असरले सगरमाथालगायतका हिमालहरू चपेटामा पर्दै गएका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका असरलाई घटाउने तथा हिमालका फोहोर व्यवस्थापनलगायत चुनौती थपिएका बताउनुभयो ।

सम्बन्धित खबर