२०८१ माघ १२, शनिवार , ०१:२१:११ बजे

Sajhamanch
'

विदेशबाट फर्किएका एक लाख नागरिकलाई स्वरोजगार बनाइने

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले विदेशबाट फर्किएका नागरिकलाई स्वरोजगार बनाउन ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलवार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत विदेशबाट फर्किएका एक लाख नागरिकलाई स्वरोजगार बनाइने घोषणा गरेका हुन् ।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका नागरिक र बैंक खातामा रेमिट्यान्स पठाएको सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।