२०८१ असोज ३, बिहिवार , ०२:३१:५८ बजे

Sajhamanch
'

‘फर्की फर्की’ र ‘पुजार सार्की’ चलेपछि वर्षा :‘आफ्नै फिल्म चलेजसरी पुलकित भएकी छु’

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । पछिल्लो साताका फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले दर्शकलाई हलसम्म फर्काउन सफल भए । नेपाल मात्र होइन विदेशस्थित नेपाली डायस्पोरामा समेत यी दुई फिल्मको कमाइ उत्कृष्ट देखिएको छ ।यी दुई भिन्न जनराका फिल्मप्रति दर्शकीय आकर्षणले विविध जनरामा फिल्म बन्नुपर्छ भन्ने सन्देश पनि दिन्छ । यस वर्षको सुपरहिट फिल्म ‘बोक्सीको घर’को व्यापारले धेरै कलाकार र मेकरलाई उत्साह पनि दिएको छ ।

यस्तोमा अभिनेत्री वर्षा सिवाकोटीले ‘फर्की फर्की’ र ‘पुजार सार्की’ चल्दा आफू आफ्नै फिल्म चलेजसरी पुलकित भएको बताएकी छन् । राम्रो फिल्म बनाउँदा त्यसको स्वाद चाख्ने दर्शक उल्लेख्य रहेको समेत उनले बताएकी छन् । फिल्म हलमा देखिएको दर्शकीय भीडले यो तर्कलाई प्रमाणित गरेको वर्षाको भनाइ छ ।

उनी फेसबुकमा लेख्छिन्, ‘दर्शकको प्रेम नै कलाकारको सबैभन्दा ठूलो सम्पत्ति हो । कुनैबेला कोरोनाले थलिएको नेपाली फिल्म क्षेत्र पछिल्लो समय जुर्मुराएको सुन्दा खुसीको सीमा छैन । म स्वयं कलाकारका हिसाबले चलचित्र उत्सव–महोत्सवमा सहभागी हुने मौका कमै पाएको छु । तर केही समययता सिनेमा हलमा दर्शकको ओइरो देख्दा म मेरै फिल्म चलेजसरी पुलकित भएकी छु ।’उनी अगाडि लेख्छिन्, ‘सिनेमा हलमा फर्किएको यो बहार, उत्साह, उमंगलाई हामीले आज उत्सवका रुपमा मनाएर मात्रै हुँदैन, भविष्यसम्म जोगाइरहन सक्नुपर्छ । राम्रो सिनेमा दियौं भने त्यसको स्वाद चाख्ने दर्शक त रहेछन् त । सिनेमा हलमा देखिएको हाउसफुल दृश्यले फेरि यो तर्कलाई प्रमाणित गरिदिएको छ । अब समग्र चलचित्र क्षेत्र यसलाई मनन् गर्दै अघि बढ्नुपर्छ ।’

सम्बन्धित खबर