२०८१ साउन ११, शुक्रवार , ०३:५३:०० बजे

Sajhamanch
'

टी–२० विश्वकपको अभ्यास खेलमा अस्ट्रेलिया टोलीमा ९ जनामात्रै खेलाडी

सोमवार, जेठ १४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियासँगको अभ्यास खेलमा अस्ट्रेलियाको टोलीमा ९ जनामात्रै खेलाडी हुने भएका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आबद्ध खेलाडीलाई घरपरिवारसँग समय बिताउनका लागि क्रिकेट अस्ट्रेलियाले छोटो समयको छुट्टी दिएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । यही कारण भोलि हुने नामिबियासँगको अभ्यास खेलमा अस्ट्रेलियाको टोलीमा ९ जनामात्रै खेलाडी रहने भएका हुन् । यस्तै अर्को अभ्यास खेलमा बिहीवार अस्ट्रेलियाले वेस्ट इन्डिजसँग खेल्दैछ ।

आईपीएल चलिरहँदा घाइते भएका अस्ट्रेलियाका कप्तान मिचेल मार्श बलिङका लागि अझै तयार भइसकेका छैनन् । प्याट कमिन्स, ट्राभिस हेड र मिचेल स्टार्क हिजो आइतवार भएको आईपीएल फाइनलको हिस्सा थिए । यस्तै ग्लेन म्याक्सवेल र क्यामरन ग्रीन रोयल च्यालेन्जर्स बेङ्गलुरुका लागि आईपीएल प्लेअफमा हिस्सा थिए । यी सबै खेलाडी अब भारतबाट अस्ट्रेलिया जाने र फेरि आउँदो जुन ५ मा ओमानसँगको टी–२० विश्वकप खेलअघि वेस्ट इन्डिज पुग्ने खबरमा उल्लेख छ ।

अहिले नौ जनामात्रै खेलाडी उपलब्ध भएकाले अस्ट्रेलियाले टी–२० विश्वकपको अभ्यास खेलमा कोचिङ स्टाफलाई पनि मैदानमा बोलाउनुपर्ने निश्चित भएको खबरमा उल्लेख छ ।

सोमवार, जेठ १४, २०८१ | International, खेलकुद

सम्बन्धित खबर