२०८१ साउन ११, शुक्रवार , ०२:५३:२९ बजे

Sajhamanch
'

लागु औषध र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सोमवार, जेठ १४, २०८१

काठमाडौँ । लागु औषध खैरो हेरोइन मुद्दाका फरार प्रतिवादी भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने लोकेश शाहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर जिल्ला अदालतको २०७९ पुस २८ गतेको फैसलाले उक्त मुद्दामा ४ महिना १० दिन कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेस गरेकोमा कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ ।

यता बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी राप्तिसोनारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय असोक कुमार थारूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

बाँके जिल्ला अदालतको २०७६ चैत ४ गते, २०७८ भदौ २४ गते र २०८० कात्तिक २१ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १५ दिन कैद र १२ लाख ७५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि बाँके जिल्ला अदालतमा बुझाइएको छ ।

सम्बन्धित खबर