२०८१ साउन १२, शनिवार , ०१:१६:३४ बजे

Sajhamanch
'

दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको शव फेला

सोमवार, जेठ १४, २०८१

काठमाडौं । दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । मार्मा गाउँपालिका वडा नम्बर ५ मुरैमा आज बिहान गन्याड खोला तर्ने क्रममा स्थानीय २५ वर्षीया झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन बि.क.लाई खोलाले बगाएको थियो ।

खोलामा पानीको भेल आएपछि उहाँहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटना भएको केहीबेरमै प्रहरीले उहाँहरूलाई खोज्ने क्रममा मृत फेला पारेको हो । यो क्षेत्रमा बिहान एक्कासी भारी वर्षा भएको स्थानीयले बताएका छन् ।

सम्बन्धित खबर