२०८१ माघ १२, शनिवार , ०१:२१:०४ बजे

Sajhamanch
'

वीरता लेडी जेसीजको लागूऔषधविरुद्ध विद्यालयस्तरीय सचेतना कार्यक्रम शुरु

आइतवार, जेठ १३, २०८१

बिर्तामोड । वीरता लेडी जेसीजले लागूऔषधविरुद्ध विद्यालय तहमा सञ्चालन गरेको विद्यार्थी सचेतना कार्यक्रम अर्जुनधारा–६ स्थित लक्ष्मी माविबाट शुरु गरेको छ ।

वीरता लेडी जेसीज सन २०२४ की अध्यक्ष मेनुका ओलीका अनुसार विभिन्न विद्यालयका विद्यार्थीलाई लागूऔषधविरुद्ध सचेत गराउने उद्देश्यले चरणबद्ध रुपमा सञ्चालन गर्नेगरी सचेतना कार्यक्रम शुरु गरिएको हो ।

वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र बाँस्तोलाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा सहभागी विद्यार्थीलाई लागूऔषधको प्रयोग र यसले समुदायमा पारेको असरबारे जानकारी गराइयो ।

लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब निरीक्षक कुमार सोमेश लामिछानेले उक्त कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

लेडी जेसीजकी उपाध्यक्ष अस्मिता राईको संयोजकत्वमा भएको कार्यक्रममा पूर्वअध्यक्षहरु राधा सुब्बा, संगीता चिमरिया लगायतले बोलेका थिए । महासचिव मुना ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा तारा रिजालले आस्थापाठ गरेकी थिइन् ।

सम्बन्धित खबर