२०८१ पौष २७, शनिवार , ०२:१०:०२ बजे

Sajhamanch
'

खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंले वितरण गर्यो खोटाङका विद्यार्थीलाई पोशाक

आइतवार, जेठ १३, २०८१

झापा । खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंले विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।

समाजले हलेसी–तुवाचुङ नगरपालिका–१० स्थित बिजुलेमा रहेको हिम गंगा आधारभूत विद्यालयमा पढिरहेका ४० जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।

विद्यालयमा अध्ययनरत बालबालिकाका लागि समाजले जेठ ११ गते विद्यालयमै पुगेर ट्रयाक सुट वितरण गरेको समाजका सचिव कृष्णप्रसाद पुरीले जानकारी दिए ।

समाजका अध्यक्ष सरोज पुरी (भीम) को अध्यक्षतामा भएको पोशाक वितरण कार्यक्रममा हलेसी–तुवाचुङ नगरपालिका–१० का वडा अध्यक्ष अर्जुन पुरीको प्रमुख आतिथ्य थियो ।

सो अवसरमा प्रमुख अतिथि एवं वडाध्यक्ष अर्जुन पुरी, समाजका सचिव कृष्णप्रसाद पुरी, कोषाध्यक्ष टंक पुरी (प्रकाश), अभिभावकका तर्फबाट खिला पुरी लगायतले मन्तव्य राखेका थिए ।

बाल कक्षादेखि कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा ४० जना विद्यार्थी र ६ जना शिक्षक तथा शिक्षिका छन् ।

समाजका अध्यक्ष सरोज पुरी (भीम) ले आफ्नो जन्मथलोमा सञ्चालित विद्यालयको शैक्षिक विकास गर्न सामाजिक उत्तरदायित्व अन्तर्गत समाजले यस वर्ष पोशाक वितरण गरेको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा समाजका सल्लाहकार मोतीराम पुरी, तिलबहादुर पुरी, सदस्य नविन पुरी, पुष्पलाल पुरी, सुभद्रा पुरी, दीपक पुरी, गंगाबहादुर पुरी, कृष्णबहादुर पुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर पुरी लगायतको उपस्थिति थियो ।

विद्यालयकी शिक्षिका विष्णुकुमारी अधिकारीले शाब्दिक स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयकी प्रधानाध्यापक रामकला राईले गरेकी थिइन् ।

आइतवार, जेठ १३, २०८१ | शिक्षा, समाज

सम्बन्धित खबर