![](https://sajhamanch.com/wp-content/uploads/2024/05/river.jpg)
काठमाडौं । नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको ज्यान गएको छ ।
बेलकोटगढी नगरपालिका–१० मा रहेको तादी खोलामा हिजो पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको ज्यान गएको नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयो ।
तादी खोलामा पौडी खेल्ने गएका छ जना युवामध्ये रोजन र हिमाललाई घुमाउने भन्ने ठाउँबाट बगाएको प्रहरीले जनाएको छ ।