२०८१ माघ १३, आइतवार , ०१:५९:४१ बजे

Sajhamanch
'

पानको जिल्ला अध्यक्षमा रुकमान सुब्बा सर्वसम्मत

शनिवार, जेठ १२, २०८१

कमल । प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) झापाको शनिवार सम्पन्न प्रथम जिल्लास्तरीय भेलाबाट अध्यक्षमा रुकमान सुब्बा सर्वसम्मत चयन भएका छन् ।

जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आबद्ध पानको जिल्लास्तरीय भेलाले सुब्बाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा टंक पाख्रिन, सचिवमा खिलराज कोईराला, सहायक सचिवमा मधुसुदन अधिकारी र कोषाध्यक्षमा बालकृष्ण प्रसाईं चयन भएका हुन् ।

त्यस्तै, समितिको सदस्य सिताराम ढकाल, लोकबहादुर लावती, देवीमाया अधिकारी, शुक्रराज घिमिरे, दीपक लुईंटेल, लिला गौतम, कुमार दाहाल, पदमप्रसाद अधिकारी, राजु बुढाथोकी, धर्मसुन्दर भट्टराई, जयप्रकाश भण्डारी र कर्णबहादुर डाँगी चयन भएका नवनिर्वाचित सहायक सचिव मधुसुदन अधिकारीले बताए ।

सो भेलामा पानका प्रदेश महासचिव छवि धमलाले अन्तर्राष्ट्रियस्तरमा सञ्चालनमा रहेको पानका बारेमा जानकारी गराउँदै आगामी दिनमा पानले विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुको क्षमता विकास गर्ने जानकारी गराए ।

त्यसैगरी, कोशी प्रदेश सभासद होमबहादुर थापा, शिक्षा विकास समन्वय एकाइ झापाका प्रमुख राजकुमार विक, पानका मोरङ जिल्ला संयोजक छत्रपति दाहाल, शिक्षक महासंघ कमलका अध्यक्ष मोहनकुमार बगाले र शिवसताक्षीका बेनु कार्की लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

पानका कमल गाउँपालिका संयोजक रुकमान सुब्बाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन शहिद धर्मभक्त माविका प्रधानाध्यापक मधुसुदन अधिकारीले गरेका थिए ।

“शिक्षित जागरुक र पहुँचयोग्य प्रधानाध्यापकको नेतृत्व” भन्ने नारासहित सो भेला कमल–३ स्थित शहिद धर्मभक्त माविको सभाहलमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर