२०८१ असोज ३, बिहिवार , ०४:५३:०९ बजे

Sajhamanch
'

युएईमा २५६८ औँ बुद्ध जयन्ती विशेष समारोहको तयारी पूरा

शनिवार, जेठ १२, २०८१

झापा । युएईमा आयोजना गर्न लागिएको महामानव भगवान गौतम बुद्धको २५६८ औँ जन्म जयन्ती विशेष समारोहको तयारी पूरा भएको छ ।

यही मे २६ तारिखका दिन दिउँसो १ बजे एभरेष्ट क्लब बर दुबईको हलमा हुने उक्त समारोहमा बौद्ध धर्मगुरु टल्कु घवार्क सोनाम रिम्पोछे गुरु लामाद्वारा विशेष पूजापाठ एवं प्रवचन समेत हुने नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए ।

आदिवासी जनजाति महासंघ युएईको अगुवाई र महासंघमा आबद्ध ११ वटै जातिय संघ–संस्थाको सहभागितामा राष्ट्रिय विभूति एवं शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म जयन्ती मनाउन लागिएको जनाइएको छ ।

आपसी भाइचाराको सम्बन्ध विकास गर्ने विश्वाससहित आयोजना गर्न लागिएको उक्त समारोहमा सहभागी हुन अध्यक्ष लिम्बूले युएईमा छरिएका सबै नेपालीलाई आग्रह गरेका छन् ।

सो समारोहलार्ई मनोरञ्जनात्मक बनाउन स्थानीय कलाकारबाट विशेष सांगीतिक प्रस्तुतिसमेत रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर