काठमाण्डौ । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो ।हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रन मात्रै बनायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो ।
अब हैदराबादले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । कोलकता मङ्गलवार राति सम्पन्न पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि चेन्नईमा हुने छ ।