२०८१ फागुन १, बिहिवार , ०७:५१:४१ बजे

Sajhamanch
'

यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म ५ जनाको ज्यान गयो

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाको ज्यान गएको छ । यस्तै तीन जना हराइरहेका छन् ।

ज्यान गुमाएका र हराएका आठ जनामध्ये तीन जना नेपाली र पाँच जना विदेशी नागरिक रहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । आठ जनामध्ये एक जनाको टेन्टमा सुतेकै बेला ज्यान गएको हो भने बाँकी आरोहणका क्रममा लडेका वा हराएका हुन् ।

यस वर्ष सगरमाथा आरोहणका लागि ४१४ जनाले अनुमति लिएकामा अनुमति लिएका आरोही र उनीहरूका सहयोगीसमेत गरी ५७० जनाभन्दा धेरैले आरोहण गरिसकेका पर्यटन विभागले जनाएको छ । सामान्यतया मे २९ सम्म आरोहण खुला हुने भएकाले बाँकी आरोहीहरू अन्तिम आरोहणको तयारीमा रहेका छन् ।

सम्बन्धित खबर