२०८१ मंसिर ८, शनिवार , ०९:४४:३५ बजे

Sajhamanch
'

भद्रपुरमा बाल अधिकारबारे अभिमुखीकरण

शुक्रवार, जेठ ११, २०८१

भद्रपुर । भद्रपुर नगरपालिकाले बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी एक दिवशीय अभिमुखीकरण आयोजना गरेको छ ।

उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नगरका विद्यालय र वडास्तरीय बाल क्लबमा आबद्ध बालबालिका र संरक्षक शिक्षकका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

बालमैत्री अभियन्ता सुमन ढकालले सहजीकरण गरेको कार्यक्रममा बाल सञ्जालका अध्यक्ष आरोग्य तिम्सेना लगायतले मन्तव्य राख्दै बाल अधिकार संरक्षणका लागि सबैपक्ष उत्तीकै जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।

महिला तथा बालबालिका शाखाकी कर्मचारी सञ्जु कोइरालाले सञ्चालन गरेको सो कार्यक्रममा सामाजिक विकाश शाखा प्रमुख जीवनकला राउतले औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

सम्बन्धित खबर