२०८१ पौष २५, बिहिवार , ०९:५४:१८ बजे

Sajhamanch
'

कमलमा बैठक सञ्चालन र माइन्युट लेखन तालिम शुरु

बिहिवार, जेठ १०, २०८१

कमल । कमल गाउँपालिकामा बैठक सञ्चालन तथा माइन्युट लेखनसम्बन्धी तीन दिवशीय तालिम बिहीवारबाट शुरु भएको छ ।

सो पालिका–३ स्थित मेची सामुदायिक सिकाई केन्द्रको आयोजनामा वडा नम्बर ५ स्थित मङ्गलमय माविको सभाहलमा उक्त तालिम शुरु भएको हो ।

उक्त पालिकाको वडा नम्बर ४, ५, ६ र ७ का टोल विकास संस्थाका अध्यक्ष र सचिव सहभागी तालिमको सहजीकरण नरेन्द्र जनता माविका प्रधानाध्यापक बद्री कार्कीले गर्ने आयोजक संस्थाका उपाध्यक्ष विजयकुमार अधिकारीले बताए ।

तालिम उद्घाटनका क्रममा उक्त गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी) ले टोल विकास संस्था पालिकाकै एक महत्वपूर्ण अंग भएको बताइन् ।

“संस्थाका अध्यक्ष र सचिवले माइन्युट लेख्नेदेखि बैठक सञ्चालनसम्म गर्नुपर्ने हुन्छ, त्यसैले यो तालिम महत्वपूर्ण छ” उनले भनिन्, “सबैलाई ध्यानपूर्वक सिक्न आग्रह छ ।”

आयोजक संस्थाका अध्यक्ष लैनबहादुर पौडेलको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन सचिव दुर्गाप्रसाद नेपालले गरेका थिए । सो अवसरमा शाब्दिक स्वागत संस्थाका निवर्तमान अध्यक्ष मात्रिकाप्रसाद नेपालले गरेका थिए ।

सम्बन्धित खबर