२०८१ पौष २५, बिहिवार , ०७:३६:२६ बजे

Sajhamanch
'

दिवंगत सदस्यका परिवारलाई कर्णाली साकोसले प्रदान गर्यो ५ लाख मृत्यु राहत

बुधवार, जेठ ९, २०८१

भद्रपुर । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले निधन भएका भद्रपुर निवासी एक जना शेयर सदस्यको परिवारलाई मृत्यु राहतस्वरुप रकम प्रदान गरेको छ ।

बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको उक्त साकोसले सुपर क्रमिक बचतबाट ५ लाख रुपैयाँ र मानोचामल बापत १२ हजार रुपैयाँ गरी ५ लाख १२ हजार रुपैयाँ परिवारका सदस्यलाई उपलब्ध गराएको हो ।

सुपर क्रमिक बचतमा सहभागी भद्रपुर नगर–१० का शेयर सदस्य प्रदीप चापागाईंको निधन भएपछि उक्त कोषबाट ५ लाख रुपैयाँ उनको परिवारलाई उपलब्ध गराइएको भद्रपुर सेवाकेन्द्र प्रमुख सुजन भण्डारीले बताए ।

चापागाईंको निधन भएको नवौं पुण्य तिथि पारेर बुधवार संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ, सचिव भूपाल बस्नेत, सञ्चालक समितिका पूर्वसदस्य हेमराज खतिवडासहित शेयर सदस्य र कर्मचारीको उपस्थितिमा शोक सभा गरिएको थियो ।

शोक सभापछि उक्त रकम स्व.चापागाईंको परिवारलाई हस्तान्तरण गरिएको भद्रपुर कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।

कर्णाली सहकारीको सुपर क्रमिक बचतमा सहभागी हुने सदस्यले मासिक न्यूनतम २ हजार रुपैयाँदेखि अधिकतम ६ हजार रुपैयाँसम्म जम्मा गर्न सक्ने र उक्त रकम जम्मा भइरहँदा सदस्यको निधन भएमा २ लाखदेखि १० लाख रुपैयाँसम्म पाउने उक्त साकोसले जनाएको छ ।

सम्बन्धित खबर