२०८१ पौष २५, बिहिवार , ०४:३७:५२ बजे

Sajhamanch
'

एमाले अध्यक्ष ओलीद्वारा एशियन हाइवे शिलान्यास

बुधवार, जेठ ९, २०८१

कमल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार एक कार्यक्रमकाबीच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकरभिट्टा– लौकही सडक खण्डको शिलान्यास गरेका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–५ पाडाजुंगीमा भएको कार्यक्रममा ओलीले उक्त सडक खण्डको शिलान्यास गरेका हुन् ।

झापाको काँकरभिट्टादेखि लौकहीसम्म कूल १२० किलोमिटर लम्बाईको सडकलाई दुई खण्डमा विभाजन गरिएको छ ।

सो सडकको पहिलो खण्ड काँकरभिट्टादेखि सीतापुरीसम्म ४५ किलोमिटर र दोस्रो खण्ड सीतापुरीबाट लौकहीसम्म ७५ किलोमिटर दूरीको छ । उक्त सडकलाई बजार क्षेत्र, जंगल क्षेत्र र ग्रामीण क्षेत्रमा बाँडिएको छ ।

बजार क्षेत्रमा ५० मिटर, जंगल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाईको सडक बन्नेछ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ ।

यसैबीच, अध्यक्ष ओलीले बुधवारै झापा क्षेत्र नं. ४ को शिवसताक्षी नगरपालिकाको मदरगाछ खण्डमा पर्ने कनकाई पुलको समेत शिलान्यास गरेका थिए ।

सम्बन्धित खबर