
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’की विजेता तथा कलाकार छिरिङ शेर्पाले मंगलबार सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् ।उनले चुचुरोमा हिमालय टेलिभिजनको झण्डा पनि गाडेकी छन् । राष्ट्रिय झण्डा पनि फहराइन् । हिमालय टिभीमा प्रसारण हुने डान्सिङ रियालिटी शोमा छिरिङ सर्वोत्कृष्ट बनेकी थिइन् ।फेसबुकमार्फत सगरमाथा आरोहणबारे जानकारी दिँदै उनले आफ्नो हिमाल आरोहण शेर्पा समुदायप्रति समर्पित रहेको बताएकी छन् । ‘मेरो आवाज शेर्पा आरोहीको लागि हो’ छिरिङले भनेकी छन् ।
शेर्पा समुदायलाई आरोही समुदायको रुपमा मात्र व्याख्या नगरेर संविधानअनुरुप प्राप्त हुनुपर्ने सेवा सुविधा उपलब्ध गराई राज्यको हरेक संयन्त्रमा जोडिने वातावरण सिर्जना गर्न उनको माग छ ।सगरमाथाबाट प्राप्त हुने आम्दानीको निश्चित हिस्सा हिमाली क्षेत्रमा लगानी गर्नुपर्ने कार्यविधि निर्माण गर्न पनि उनको आग्रह छ । एट्के–एक्सपिडिसनबाट उनले हिमाल चढेकी हुन् ।