२०८१ फागुन ८, बिहिवार , ०८:००:०० बजे

Sajhamanch
'

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी

मङ्गलवार, जेठ ८, २०८१

झापा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। मंगलबार धनुषा जिल्ला अदालतले सिरोहयिालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता किर्ते प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी डम्बर प्रसाद घिमिरेले जानकारी दिए ।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।

सम्बन्धित खबर