
काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि नियमित भएको छ । भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा लोकसभा चुनावका कारण गएको शनिवारदेखि हिजो सोमवारसम्म ७२ घण्टाका लागि रेल सेवा पूर्ण रुपमा बन्द गरिएको थियो ।
महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा हिजो मतदान सम्पन्न भएपछि रेलसेवा नियमित सञ्चालन भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।